बुधबार, जेठ ८, २०८२

खाना पकाउन दाउराको सट्टा ‘गुइँठा’

दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भएपनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

तुलसीपुर- दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भएपनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ।

दाउराको विकल्पमा यसरी गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर- १२ कचिला निवासी मिनकुमारी चौधरीले बताइन्। ‘दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ’, उनले भनिन्, ‘गुइँठा सजिलो लाग्छ।’

गाई, गोरु, भैँसी, राँगाको गोबरमा पसाल र भुस मिलाएर गुइँठा बनाउने गरिन्छ। गुइँठाले पनि दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्ने गर्थे।

पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन्। अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन पनि बढेको छ। एक बिटा गुइँठाको रु १५ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन्। ‘कसैले त गुइँठा बनाएर बिक्री पनि गर्नुहुन्छ’, उनले भनिन्,’प्रायःले अहिले गाउँ-घरमा गुइँठा नै बाल्नुहुन्छ, त्यसैले पनि किनबेच भइरहेको छ।’ चार वटा गुइँठाले खाना पकाउन सकिन्छ।

गुइँठाको खरानी पनि खेतीपातीमा मलका लागि पनि प्रयोग हुने गर्छ। त्यसैले पनि गुइँठाको प्रयोग हुनेगर्छ।’खेतीपातीमा यसको खरानी पनि प्रयोग हुन्छ, गुइँठाबाट पकाएको खाना पनि मिठो हुन्छ’, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरीले भने,’त्यसैले पनि यसको प्रयोग बढी हुने गरेको हो।’

खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउने उनले बताए।

प्रकाशित: Feb 16, 2023| 09:30 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।