बुधबार, जेठ ८, २०८२

लागूऔषधसहित चार युवा वीरगन्जमा पक्राउ

वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित चार जना युवक पक्राउ परेका छन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

वीरगन्ज- वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित चार जना युवक पक्राउ परेका छन्। भारतको रक्सौलबाट लागूऔषध लिएर आएका उनीहरूलाई प्रहरीले बुधबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राज मन्सुरी ,१९ वर्षीय विशाल मोक्तान ,वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर  र धादिङको गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय अजय तमांग रहेका छन्। 

उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध  डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। 

विशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरूले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागुऔषध बरामद गरेको गिरिले बताए।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए। 

प्रकाशित: Feb 16, 2023| 13:27 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।