विद्युतीय शव दाह गृहमा मात्र अन्त्येष्टि गर्न सम्भव नभएपछि नजिकैको वागमती किनारामा शव जलाउन थालिएको छ। लहरै शव जलाइरहेको दृश्य निकै दर्दनाक देखिन्थ्यो।
कोरोना भाइरस महामारीका कारण काठमाडौंमा जारी गरिएको निषेध आदेशको चौथो दिन आइतबार अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन्। कार्यालय समयमा भने सडक र चोकमा बढी नै चहलपहल थियो।
काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आजदेखि निषेध आदेश लागू गरिएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो।