काठमाडौं- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका छन्।
सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित हुने बताउँदै मन्त्री शर्माले थप ५ अर्ब निकासा दिने बताएका हुन्।
मन्त्री शर्माले स्वास्थ्यकर्मीहरूलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदरसमेत गरेका छन्। उनले आफूलाई दिएको अवसरलाई देश र जनताको पक्षमा सदुपयोग गर्न प्रतिबद्धता जनाएका छन्।