काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका रद्द गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको तेस्रो दिन बुधबार आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि तय गरेको निर्वाचन तालिका रद्द गरेको हो।
बुधबार आयोगले विज्ञप्ति जारी गरेर आयोगबाट असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जनाएको छ।
गत जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। तर, गत सोमबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन निर्णय बदर गरिदिएको थियो।