मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सरकार सञ्चालनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

सरकार सञ्चालनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ। सरकार सञ्चालन लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ। सरकार सञ्चालन लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। 

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आज बैठक बस्न लागेको जानकारी दिए। 

‘समय यकिन भइसकेको छैन। दिउँसोसम्म बैठक बस्छ होला,’ उनले भने,‘सरकार निर्माण भइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल हुनेछ।’

बैठकले मन्त्रालयको भागबन्डाका विषयमा पनि आवश्यक छलफल गर्ने बताइएको छ।  

सर्वोच्च अदालतको आदेशपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जना गरेर चारजना मात्रै मन्त्री नियुक्त गरेका देउवाले मन्त्रालयको भागबन्डा सकेर मन्त्रिपरिषद् विस्तार गर्ने छन्। 

गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्ष, जसपा अध्यक्ष उपेन्द्र यादव र राजमो सरकारमा सहभागी हुने नहुने बारे टुंगो लागेको छैन। 

बुधबार एमाले नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। एमालेभित्र एकताका लागि जारी प्रयासकैबीच नेपाल पक्ष सरकारमा अहिले नै सहभागी हुने देखिएको छैन।

प्रकाशित: Jul 15, 2021| 04:05 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।