काठमाडौं। नेपालको अर्थतन्त्र ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब थियो। चालू आर्थिक वर्ष आर्थिक वृद्धिदर ४.६१ हुँदै ६१ खर्ब नाघेको हो।
चालू आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.३६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा २.२९ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको हो।

त्यसैगरी, उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशत कायम भएको थियो।
चालू आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ।

चालू आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.२५ प्रतिशत, ४.६५ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.३५ प्रतिशत, ऋणात्मक ०.०३ प्रतिशत र ४.३५ प्रतिशत रहको छ। आर्थिक वर्ष २०७९/८० मा प्राथमिक,द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.९७ प्रतिशत, १.३१ प्रतिशत र २.१९ प्रतिशत कायम भएको छ।
चालू आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको छ।
चालू आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्याँस १३.८२ प्रतिशत क्षेत्रको हुने प्रारम्भिक अनुमान रहेको छ। यस क्षेत्रलाई यातायात तथा भण्डा ९९.४५ क्षेत्रले पछ्याएर दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहेको छ। अर्कोतर्फ, शिक्षा ९१.९८ र खानी तथा उत्खनन् ९१.९९ क्षेत्रको वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ।
त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र २५.१६ र व्यापार क्षेत्र १४.५५ ले तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ। अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन ०.४२ र खानी तथा उत्खनन् ०.४६ तुलनात्मक रुपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेका छन्।
चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान पुयाएको प्रारम्भिक अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा धान, तेलहन, दलहन र तरकारी बाली तथा पशुपन्छीजन्य उत्पादन (दुध, अण्डा, माछा तथा मासु)हरुको उत्पादनमा वृद्धि हुने अनुमान रहेका कारण यस क्षेत्रको वृद्धि हुने अनुमान गरिएको छ।
फलफुल तथा अन्य केही हिउँदेबालीको उत्पादनमा नगन्य मात्रामा वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान रहेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत कायम भएको छ। चालू आर्थिक वर्ष २०८१/८२ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

संशोधित तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक २.०२ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्ष यस क्षेत्रको ऋणात्मक वृद्धि १.७० प्रतिशत कायम भएको छ।
यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ऋणात्मक वृद्धिदर देखिए तापनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ। खासगरी वनस्पति तेल, प्लाईउड, प्लाष्टिकको पाईप फिटिङ, पेय पदार्थ, सिमेण्ट, सावुनलगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ।
भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोईलालगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
