काठमाडौं। बिना जानकारी बारम्बार हुने विद्युत आपूर्ति अवरोध (ट्रिपिङ) यस वर्षको चैत र वैशाखमा कम भएको तथ्यांकमा देखिएको छ। विद्युत् माग बढ्ने वित्तिकै झ्याप्पझ्याप्प बिजुली जाँदा हैरानी व्यहोरेका व्यवसायीलाई चैतदेखि राहत मिल्दै आएको देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्षको चैत, वैशाखमा ६ घण्टा ट्रिपिङ भएकोमा यस वर्षको चैत र वैशाखमा ४ घण्टामा झरेको छ।
ट्रिपिङ हुँदा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्दै आएका थिए। तर, प्राधिकरणमा प्राविधिक व्यक्ति एमडी भएर आएपछि ट्रिपिङको अवधि घट्दै गएको उद्योगीले बताएका छन्। अझै ट्रिपिङ छ। तर, पहिलेको जस्तो होइन एक उद्योगीले भने।
प्राधिकरणका अनुसार विगतमा अत्यधिक हुने गरेको ट्रिपिङ विस्तारै घट्दै गएको दाबी छ। प्राधिकरणले प्रकाशित गरेको विवरणमा पनि विगतका वर्षमा ट्रिपिङ अत्यधिक हुने गरेको देखाउँछ। हितेन्द्रदेव शाक्य प्रबन्ध निर्देशक भएपछि गत वर्षको ट्रिपिङ अहिले भोग्नु नपरेको व्यवसायी बताउँछन्।
अत्यधिक विद्युत् खपत हुने सिजनमा सबैभन्दा बढी ट्रिपिङ हुने गर्छ। लोड बढ्ने वित्तिकै गुणस्तरहीन सिष्टमले काम नगर्ने उद्योगीहरू बताउँछन्। गुणस्तरीय पूर्वाधारको अभावमा देखिएको यो समस्या विस्तारै कम हुँदै गएको उद्योगीहरूको भनाइ छ।
यो चार वर्षको बीचमा कयौँ उद्योगको पार्टपूर्जा बिग्रिएर उत्पादनमा बाधा पुथ्यो। उत्पादित सामानको मूल्य बढाउन निकै सहयोग गरेको उद्योगीहरू बताउँछन्।
विगतका महिनामा दैनिक २० देखि २५ पटकसम्म विद्युत आउने-जाने गर्थ्यो। अहिले ८ देखि १० पटकमा झरेको उद्योगीको भनाइ छ। विगतमा यस्तो समस्या नसल्ट्याउँदा उद्योगीले ठूलो नोक्सानी खेप्नु परेको उनीहरू बताउँछन्।
यो चार वर्षको बीचमा कयौँ उद्योगको पार्टपूर्जा बिग्रिएर उत्पादनमा बाधा पुथ्यो। उत्पादित सामानको मूल्य बढाउन निकै सहयोग गरेको उद्योगीहरू बताउँछन्।
जानकारीविनै एकै दिनमा पटक-पटक ट्रिपिङ हुने समस्याले हैरान उद्योगीलाई थोरै राहत भएको भैरहवाका उद्योगी राजेशकुमार अग्रवाल बताउँछन्। अन्य सिजनको तुलनामा फागुन-जेठको अवधिमा पटक-पटक बिजुली जाँदा उद्योगीदेखि आमउपभोक्ता हैरान थिए। अहिले गत वर्षको तुलनामा कम छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले ट्रिपिङ घटेको तर पूर्ण रुपमा अन्त्यन भएको बताए। विगतका दिनमा भन्दा सुधार छ। तर, अझै कायम भएकाले सिमेन्ट उद्योगको उत्पादन लागत बढाइरहेको उनको भनाइ छ।
उनले भने, ‘ट्रिपिङले गर्दा मोटर जल्ने सम्भावना हुन्छ र निश्चित गतिमा घुम्नुपर्ने सिमेन्ट मिल रोकिँदा उत्पादन लागत बढ्छ।’
त्यसो त उद्योगीले ‘ट्रिपिङ’ समस्या भोगेको यो वर्ष पहिलो पटक होइन। लामो समयदेखि यो समस्या दोहोरिँदै आइरहेको छ। यसले गर्दा उद्योगिक उत्पादनको लागत पनि बढेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापतिसमेत रहेका अग्रवालले ट्रिपिङ भए पनि कम हुँदै गएको बताए।
तर, पूर्ण रुपमा कम नहुँदा १५ सय डिग्री सेल्सियसमा तताइएको फलाम ट्रिपिङका कारण बिग्रिएपछि पुनः तताउनु पर्दा लागत ५ देखि १० रुपैयाँ प्रतिकिलो बढ्न जान्छ। ‘हाम्रोमा दैनिकजसो ट्रिपिङ हुन्छ,’ उनले भने, ‘जसले मेसिन बिग्रने र लागत बढ्ने समस्या निम्त्याएको छ।’
विद्युत आपूर्तिमा हुने अवरोधले उत्पादन घट्छ। बजारमा माग र आपूर्तिको सन्तुलन बिग्रिएर डन्डीको मूल्यसमेत वृद्धि भएको छ।
विद्युत पूर्वाधार निर्माणमा भएको कमजोरीको घाटा उद्योगीहरूले बेहोर्नु परिरहेको छ।
त्यसैगरी वितरण प्रणालीमा देशैभरि जडितमध्ये करिब ४८ हजार थ्रीजी स्मार्ट मिटरको चालु आवको साउनदेखि चैतसम्म ८२५ पटक आंशिक विद्युत कटौती भएको छ। प्राधिकरणका अनुसार यो अवधिक कुल ५०९ घण्टा बत्ती गएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले ट्रिपिङका कारण मेसिन मर्मतको लागत बढ्नुका साथै प्रशोधनमा गइसकेको कच्चापदार्थ खेर जाने समस्या रहेको बताए ।‘ट्रिपिङका कारणले दिनको अपरेसनल कस्ट एक लाखबाट बढेर चार लाखसम्म पुग्न सक्छ,’उनले भने, ‘उद्योगको प्रकृति हेरेर मेसिनमा गइसकेको कच्चा पदार्थ पुनः प्रयोग गर्न नमिल्ने पनि धेरै हुन्छ, जसले लागत बढाउँछ।’
नेपाल विद्युत प्राधिकरणले सार्वजनिकन गरेको श्वेत पत्रमा आव २०८१/८२ को फागुनम सान्तसम्म प्रसारण प्रणालीतर्फ देशभर ३१ पटक गरी ४ घण्टा २ मिनेट विद्युत ट्रिपिङ भएको तथ्यांक राखेको छ। त्यसैगरी वितरण प्रणालीमा देशैभरि जडितमध्ये करिब ४८ हजार थ्रीजी स्मार्ट मिटरको चालु आवको साउनदेखि चैतसम्म ८२५ पटक आंशिक विद्युत कटौती भएको छ। प्राधिकरणका अनुसार यो अवधिक कुल ५०९ घण्टा बत्ती गएको छ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले प्रि-मनसुनका कारण हावाहुरीले रुखका हाँगाहरू तारमा छोइँदा ट्रिपिङको समस्या बढी हुने गरेको बताए। उनका अनुसार प्रि-मनसुनको सिजनमा तुलनात्मक रुपमा विद्युत बढी ‘ट्रिपिङ’ हुन्छ ‘ट्रिपिङको समस्या हाम्रोमा हिजो पनि आएको थियो, आज पनि छ, भोलि पनि हुन्छ नै,’ उनले भने, ‘अहिलेको सिजनमा मुख्य गरी हावाहुरीका कारणले हुन्छ।’
उनले चलनचल्तीको मापदण्डअनुसार संरचना बनाएको दाबी गरे पनि समस्या समाधानका लागि उद्योगीहरूलाई बेलुकाको समयमा विद्युत खपत कम गर्न आग्रह गरिएको छ।