काठमाडौं। स्वस्तिक सिल्भर प्यालेस प्रालिविरुद्ध अनुचित व्यापारिक कारोबार गरेको आरोप लगाउँदै परेको मुद्दामा फैसला भएको छ। स्वस्तिकलाई जम्मा २० हजार रुपैयाँ क्षतिपूर्ति भरपाई हुने गरी फैसला भएको काठमाडौंको त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतले जनाएको छ।
ललितपुरकी ५३ वर्षीया एक महिलाले विशाल बजारमा रहेको स्वस्तिक सिल्भरविरुद्ध अनुचित व्यापारिक कारोबार गरेको आरोप लगाउँदै कूल ३५ हजार ७०० रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिइन्। तर, दुवै पक्षको विषयलाई हेर्दा २० हजार क्षतिपूर्ति भरपाई हुने गरी फैसला गरिएको अदालतले जनाएको हो। यो फैसलामा आफूलाई चित्त नबुझेको खण्डमा पुनरवेदन दिन सक्ने उपभोक्ता अदालतका अधिकृत होमनाथ कँडेल बताउँछन्।
उनले २०८१ मंसिरमा चाँदीको मूर्ति खरिद गर्दा कम्पनीको बिलमा उल्लेख गरिएको तौल र मूर्तिको वास्तविक तौलमा फरक परेको थियो। खरिदको समयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको बजार मूल्यभन्दा बढी रकम असुल गरेको आरोप उनको थियो।
सामान फिर्ता गर्न खोज्दा स्वस्तिक सिल्भर प्यालेसले पूर्ण रकम फिर्ता गर्न अस्वीकार गरेको उनको दाबी थियो। उनले आंशिक रकम मात्र फिर्ता पाएको र भौचर तथा तमसुक दिएको बताएकी थिइन्। उजुरीमा स्वस्तिक सिल्भर प्यालेसले उपभोक्ता संरक्षण ऐन, २०७५ का विभिन्न प्रावधान उल्लंघन गरेको आरोप लगाइएको छ। जसमा सामानको उचित लेबल र मूल्य निर्धारणसम्बन्धी नियम पनि समावेश छन्।
अदालतका अनुसार अस्पतालले दिने सुविधामा लापरवाहीका कारण व्यक्तिको ज्यानसमेत गएको भन्दै पाँच करोड क्षतिपूर्तिको माग गरिएको छ।
गत चैत्र २ गते अदालत स्थापना भएको थियो। साढे एक महिनाको अवाधिमा अदालतमा मोटरसाइकल खरिद गर्दा गुणस्तरीय नभएकाले चार लाख ४५ हजार रुपैयाँ रकम माग दाबी गरी उजुरी परेको थियो। यस्तै, पूरा इन्स्युरेन्स गरेको सवारी साधान २०८१ साल असोज ११ र १२ गतेको बाढीले क्षति पुर्याएकाले मर्मतमा लपारवाही गरिएको भन्दै एक करोड २५ लाख ७२ हजार रुपैयाँ माग गरिएको छ।
अदालतका अनुसार अस्पतालले दिने सुविधामा लापरवाहीका कारण व्यक्तिको ज्यानसमेत गएको भन्दै पाँच करोड क्षतिपूर्तिको माग गरिएको छ। यसका साथै सौन्दर्य उपचारका लागि ठगीमा परेको भन्दै क्षतिपूर्तिको माग गरिँदै तीन करोड १७ लाख माग दाबी गरिएको छ।
ल्यापटपमा ठगी गरिएको भन्दै ९१ हजार क्षतिपूर्तिको माग गरी उजुरी परेको अदालतले जनाएको छ। उपभोक्ता अदालतमा चाँदीको मूर्ति खरिद गर्दा ठगी भएको भन्दै ३५ हजार रुपैयाँ क्षतिपूर्तिको माग गर्दै उजुरी परेको थियो।
हालसम्म परेको ६ वटा उजुरीमध्ये ल्यापटप र सवारी साधान मर्मतमा परेका क्षतिपूर्तिसहितको उजुरीमा मेलपत्र भइसकेको छ। बिहीबार चाँदीको मूर्ति मुद्दा फैसाला भएको हो। अझै तीन वटा मुद्दाको आदेश हुने बाँकी भएको अदालतले जनाएको छ।