शनिबार, जेठ ४, २०८२

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।

हामीले कुनै सामान्य पातलाई हेर्दा हरियो मात्रै देख्छौं। तर, अस्ट्रेलियाकी कन्सेटा एन्टिकोले सोही पातमा बैंगनी, फिरोजी र निलो रङ पनि देख्छिन्। किनकि उनी टेट्राक्रोमेट छिन्। अर्थात् उनको आँखाको रेटिनामा चौथो कलर पनि रिसेप्टर छ। आमरुपमा मानिसको आँखामा तीन कलर रिसेप्टर हुन्छन्। यसलाई कोन सेल्स (शंकु कोशिका) भनिन्छ। यीनमा १० लाख रङलाई छुट्याउने क्षमता हुन्छ।

वैज्ञानिकका अनुसार टेट्राक्रोमेटको आँखामा १० करोड रङ छुट्याउने क्षमता छ। 'मलाई सानैदेखि म जादुमयी दुनियाँमा छु झैँ लाग्थ्यो। मेरो लागि सबै कुरा अनौठा हुन्थे। म जे देख्थे। त्यो पूर्णरुपमा देख्थे। र, त्यसलाई पेन्टिङमा उतार्थे,' उनले भनिन्।

यूनिवर्सिटीको पढाइ सकेर उनी अमेरिकाको सेन डियागो आएर आर्ट टिचर बनिन्। उनलाई आफ्नो उक्त क्षमताबारे २०१२ सम्म पनि थाहा थिएन।

उनका एक न्यूरोलोजिस्ट छात्रले टेट्राक्रोमेसीलाई लिएर अध्ययन गरे। उनको अध्ययनमा यस्ता आमाका छोरी कलर ब्लाइन्ड हुने जोखिममा हुने बताइएको थियो। त्योभन्दा पहिले नै एन्टिकोकी छोरी जन्मिएकी थिइन्। र, उनी कलर ब्लाइन्ड थिइन्।

क्यालिफोर्निया यूनिभर्सिटीका विषेशज्ञ किम्बर्ले जेम्सनले भनेका छन्, '१५ प्रतिशत महिलामा टेट्राक्रोमेसीको जोखिम हुन्छ। यो केवल महिलामा हुने समस्या हो। किनकि याक्स क्रोमोजोममा म्युटेशनमा चौथो कोन सेल बन्न सक्छ। विश्वमा एक प्रतिशत महिलामा मात्रै यस्तो समस्या हुनेगर्छ।'

प्रकाशित: Jan 31, 2022| 12:40 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।