मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा २९०५ संक्रमित, १६०६ संक्रमणमुक्त, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा २९०५ संक्रमित, १६०६ संक्रमणमुक्त, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार १०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ। 

त्यस्तै सोही अवधिमा १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकाअनुसार यो अवधिमा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ। हालसम्म ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख २४ हजार ७११ जना संक्रमण मुक्त भएका छन्।

प्रकाशित: Jul 14, 2021| 10:45 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।