काठमाडौं। ओमोडा एन्ड जेइक्कोले फ्युचर फेसन र डेलिकेट अफ–रोडको अनुभव दिने ‘ओ–युनिभर्स’ को अवधारणा सार्वजनिक गर्ने भएको छ। ओमोडा एन्ड जेइक्कोले विश्वव्यापी डिलरका लागि वैशाख १२ गते ‘ओ–युनिभर्स’ को अवधारणा सार्वजनिक गर्ने भएको हो।
‘ओ–युनिभर्स’ अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ–ल्याब’ र जेइक्कोको अफ–रोड जीवनशैलीमा आधारित ‘जे–ल्यान्ड’का दुई फरक अनुभव उपलब्ध गराइने जनाएको छ। यी अनुभवले भविष्यको जीवनशैलीलाई पुनःपरिभाषित गर्ने उद्देश्य लिएको छ।
फ्युचरिस्टिक प्रविधिको उत्सव– ओमोडा ‘ओ–ल्याब’
ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित, सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ।
‘ओ–युनिभर्स’को सार्वजनिकीकरण कार्यक्रममा सहभागीलाई ताराहरुको झल्को दिने (आकाशगंगा) अत्याधुनिक ‘एलइडी स्क्रिन’का भित्तामा ओमोडाको नवीनतम प्रविधि प्रस्तुत गरिनेछन्।
सहभागीले रोबोट, रोबोटिक कुकुर, ड्रोन र अन्तक्र्रियात्मक क्रियाकलापसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन्।
सोहीअन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि–सेभेन एसएचएस’ र पहिलो पूर्ण रूपमा विद्युतीय गाडी ओमोडा ‘ई–फाइभ’को पनि प्रदर्शनी हुनेछ।
साथै, ‘सी–थ्री साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमालाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’सहित कलात्मक अनुभव सिर्जना गर्नेछ। यसले ‘जेनेरेसन जेड’मा ‘मेका’बाट प्रेरित ‘मोबिलिटी’ र ‘डिजाइन’को नयाँ कल्पना प्रेरित गर्नेछ।
क्याम्पिङ अनुभवलाई बदल्ने– जेइक्को ‘जे–ल्यान्ड’को डेब्यु
ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइक्कोको ‘जे–ल्यान्ड’ प्रदर्शनीमा हरियालीपूर्ण वातावरणको झल्को दिने कम्पनीको दाबी छ। यही क्रममा पूर्ण विद्युतीय लाइट–आउटडोर–एसयूभी ‘जे–फाइभ बिइभी’को प्रदर्शन हुनेछ।
जेइक्कोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधिबाट सज्जित ‘जे–सेभेन एसएचएस’, र ‘जे–एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ। अत्याधुनिक अफ–रोड गाडीको लाइनअप आकर्षक अफ–रोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिने कम्पनीले जनाएको छ।
यसबाट कठिन भू–भागमा पनि चल्न तयार गाडीको क्षमता प्रदर्शन गर्दै सहभागीलाई नयाँ भू–भागमा घुम्न उत्प्रेरित एवं उत्साहित गर्नेछ।
प्रदर्शनीमा, जंगलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्न हरियाली घाँस, घना वनजंगल र डाँडाकाँडा, चट्टानजस्ता विशेषता प्रयोग गरिनेछन्।
प्रदर्शनीकै क्रममा सहभागीले जे–फाइभ बिइभीको नयाँ ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभ अनुभव लिन सक्नेछन्। १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिलाई सहरी क्षेत्रबाट विभिन्न चुनौतीपूर्ण भू–भाग पार गर्दै जंगलतर्फको यात्रामा लैजानेछ।
नेपालका लागि ओमोडा एन्ड जेइक्को गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स हो।