काठमाडौं। एक वर्षअघि मात्र नेपाली विद्युतीय सवारी साधन (ईभी) बजारमा गाडी खरिदका लागि समय कुर्नुपर्थ्याे। गाडी किन्दा छुट सामान्य हुन्थ्यो। अहिले समय फेरिएको छ। धेरै डिस्काउन्ट र अन्य स्किम नभए गाडी बिक्री नहुने अवस्थामा छ।
गत वर्षको बिक्री ट्रेण्ड हेरेर आयातकर्ताले मात्रभन्दा बढी गाडी आयात गरेपछि स्टकमा गाडी हुँदा ग्राहकले पनि राम्रै डिस्काउन्ट पाउन थालेका छन्। गाडी स्टकमा राखेर बैंकको ब्याज तिर्नुभन्दा डिस्काउन्टमामा बेच्ने प्रतिस्पर्धा चल्दा त्यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई देखिएको छ।
अहिले बजारमा ५० देखि ७० लाखको गाडी खरिद गर्दा ग्राहकले आफ्नो बार्गेनिङमा ५ लाखदेखि ९ लाखसम्म डिस्काउण्ट पाइरहेका छन्। विभिन्न ब्राण्डको विभिन्न मोडल बुझेर त्यहीअनुसार विभिन्न डिलरकोमा पुग्दै ग्राहकले गाडी खरिद गरिरहेका छन्।
केही महिनाअघि मात्रै तीव्र रूपमा वृद्धि भएको ईभीको माग अहिले स्थिर अवस्थामा पुगेको छ। ग्राहकहरूको नजरमा अब गाडीको मोडेलभन्दा बढी कति छुट पाइन्छ? भन्ने कुरा प्राथमिक बन्दै गएको देखिन्छ। यही कारण, धेरै कम्पनीहरूले आफ्ना गाडीका मोडेलमा भारी छुट घोषणा गर्दै बजार तताइरहेका छन्।
अहिले नयाँ वर्षलाई लक्षित गरी प्रायः सबै कम्पनीहरुले छुट दिइरहेका छन्। अटो कम्पनीहरुले दिइएको विभिन्न आकर्षक ‘डिस्काउण्ट’ले व्यवसायमा राम्रो माहोल बनाएको एल आरआर ग्रुपका निर्देशक जीवनजंग शाही बताउँछन्।
नेपाली बजारमा ओमोडा एण्ड जेक्को, जिकर, निसान गाडी बिक्री गर्दै आएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स तथा पायोनियर मोटोकर्पले आफ्ना सबै गाडीहरु पनि राम्रो डिस्काउण्ट गरेर गाडी बिक्री गरेको छ।
‘हामीले दिएको छुटले अटो व्यवसायमा साच्चिकै राम्रो माहोल बनाएको छ। हामीले नयाँ वर्षलाई लक्षित गरी ३ लाख नगद ‘डिस्काउण्ट’ दिएका थियौँ। त्यो ‘डिस्काउन्ट’ यो महिनाभरिका लागि हुन्छ,’ निर्देशक शाहीले भने।
राष्ट्र बैंकको ६०/४० को नीतिले उच्च बजेटवाला गाडीलाई साच्चिकै मुस्किल बनाएको छ। त्यही भएर पनि अहिले धेरै कम्पनीहरुले राम्रो ‘डिस्काउन्ट’ दिइरहेको उनको भनाइ छ।
नेपाली बजारमा ओमोडा एण्ड जेक्को, जिकर, निसान गाडी बिक्री गर्दै आएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स तथा पायोनियर मोटोकर्पले आफ्ना सबै गाडीहरु पनि राम्रो डिस्काउण्ट गरेर गाडी बिक्री गरेको छ।
क्यापिटल संवाददाताले ग्राहक बनेर विभिन्न गाडी डिलरसँग बुझ्दा बिवाईडी, ओमोडा, डिपल, सेरेश, एमजी, ओरा, आयोन, इमासमा ३ लाखदेखि ९ लाखसम्म छुट दिन डिलर तयार रहेका थिए। छुटसँगै ट्राभल चार्जर, बिमा, रोड ट्याक्स, गाडीको विभिन्न एसेसरिज दिन पनि डिलरहरु तयार छन्।
शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स तथा पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द अहिले विभिन्न कम्पनीले दिइएको छुटले ग्राहकबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताउँछन्। ‘एउटा कम्पनीले छुट दिएपछि अर्काे कम्पनीमा पनि छुट होला भन्ने हिसाबले कति ग्राहकहरु अन्य कम्पनीमा पनि बुझ्न गएको पाइन्छ।’
हाल मूल्य र छुटबीचको प्रतिस्पर्धाले अहिलेको ईभी बजारमा गाडीको वास्तविक मूल्यभन्दा ‘डिस्काउण्ट’लाई नै मुख्य मानिएको छ। सामाजिक सञ्जालदेखि शोरुमसम्म ग्राहकहरू ‘कति छुट छ?’ भन्ने कुरामै बढी चासो देखाइरहेका छन्। गाडी खरिद गर्ने कति ग्राहकहरु त अझै कम्पनीहरुले फेसबुक पेजमा राखेको अफरहरुलाई पछ्याउँदै विभिन्न डिलर कहाँ ‘डिस्काउण्ट’ बुझ्न गएको पनि भेटिन्छन्।
केन्द्रीय बैंकले फागुन १३ गते चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत र निजी डिजेल/पेट्रोलबाट चल्ने गाडीमा ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत कायम गरेको छ। यसले गर्दा इभीको बजारमा नराम्रो असर पारेको छ।
नयाँ गाडी खरिद गर्ने उपभोक्ताहरु अहिले विभिन्न अटोमोबाइल डिलरमा डिस्काउण्ट तथा अफरको खोजीमा दौडधुप गर्न थालेका छन्।
नेपाल राष्ट्र बैंकले लागू गरेको नयाँ नीतिले गाडी खरिद गर्न चाहने उपभोक्तालाई ठूलो आर्थिक दबाबमा पारेको छ। यस नीतिअनुसार अब उपभोक्ताले कुनै पनि गाडी किन्न कम्तीमा ४० प्रतिशत डाउनपेमेण्ट अनिवार्य रूपमा गर्नुपर्ने छ। जसले गर्दा सवारी साधन किन्न चाहने धेरै उपभोक्ता आर्थिक रूपमा मारमा परेका छन्।
नयाँ गाडी खरिद गर्ने उपभोक्ताहरु अहिले विभिन्न अटोमोबाइल डिलरमा डिस्काउण्ट तथा अफरको खोजीमा दौडधुप गर्न थालेका छन्। गाडी खरिद गर्ने उपभोक्ताहरु आफूलाई सुलभ पर्ने अफर खोज्दै विभिन्न डिलरहरूमा धाउने क्रम तीव्र बनेको छ।
उपभोक्ताहरूले गाडी खरिद गर्नु अघि विभिन्न ब्राण्डका शोरुममा पुगेर उपलब्ध छुट, एक्सचेञ्ज अफर, डाउन पेमेन्ट स्किम तथा अन्य सुविधाहरुबारे जानकारी लिँदै निर्णय गर्न थालेका छन्।
एमएडब्लु वृद्धिले डिपल एस-०७ खरिदमा राम्रो नगद छुट दिएकाले उक्त गाडी किनेको राजन अधिकारी बताउँछन्। ‘राष्ट्र बैंकको नयाँ नीतिपछि २० प्रतिशत डाउन पेमेन्टको अफर त प्रायः सबै कम्पनीहरुले सार्वजनिक गरिरहेका थिए,’ उनले भने, ‘तर, धेरै डिलरकहाँ बुझ्दा डिपल एस-०७ मा राम्रो नगद छुट पाएकाले उक्त गाडी खरिद गरे।’ उनले भने ।
ईभी खरिद गर्नका लागि धेरै कम्पनीहरुको अफर र छुट बुझेर डिपल खरिद गरेको उनको भनाइ छ। ईभी खरिद गर्ने सोच बनाएका अर्काे उपभोक्ता नविन कार्की डिस्काउण्टका लागि बिवाईडीको विभिन्न डिलर कहाँ गएको बताउँछन्।
एक जना ग्राहकले कम्तिमा एउटा कम्पनीको सबै डिलरसँग कति डिस्काउण्ट दिने भनेर बुझेर मात्र गाडी खरिद गर्न थालेका छन्।
‘बिवाईडी खरिद गर्ने सोच बनाएकाले धेरै डिलर कहाँ डिस्काउण्टको लागि बुझेँ। ३ लाख छुटमा बिवाईडी एट्टो थ्री खरिद गर्र्र्ने सोच बनाएको छु,’ कार्कीले भने,
अहिले गाडीको गुणस्तर, रेन्ज वा डिजाइनभन्दा पहिले ग्राहकले छुट कति पाइन्छ भन्ने सोध्ने गरेको पाइन्छ। ईभी गाडी खरिद गर्ने ग्राहकहरु अहिले डिस्काउण्ट दिएको सबै कम्पनीहरुलाई कति डिस्काउण्ट पाइन्छ सोधबुझ गर्नमा नै व्यस्त छन्। एक जना ग्राहकले कम्तिमा एउटा कम्पनीको सबै डिलरसँग कति डिस्काउण्ट दिने भनेर बुझेर मात्र गाडी खरिद गर्न थालेका छन्।