काठमाडौं। नेपालकै पहिलो (एशोसिएसन अफ चार्टड सर्टिफाइड एकाउण्टेन्स) एसीसीए प्लेटिनम स्वीकृत संस्था सिड फाइनान्सियल एकेडेमीले काठमाडौं मेरियट होटलमा आफ्नो प्रतिष्ठित ग्य्राजुएसन समारोह सम्पन्न गरेको छ।
कार्यक्रममा एसीसीएको अध्ययन पूरा गरेका ४७ जना विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गरिएको थियो। सिड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए स्नातकहरूको लागि ग्य्राजुएसन समारोह आयोजना गर्ने पहिलो संस्था हो। सन् २०२३ मा पहिलोपटक सिडले यो परम्पराको सुरुवात गरेको हो।
यसअघि नेपालमा कुनै पनि कलेज वा संस्थाले एसीसीए स्नातकहरूको लागि ग्य्राजुएसन समारोह आयोजना गरेको थिएन। समारोहमा एसीसीए नेपालका प्रमुख रविन कटवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। जसले लेखा तथा वित्त क्षेत्रमा व्यावसायिक उत्कृष्टताको महत्त्वलाई जोड दिए।
एसीसीए एसिया प्यासिफिक क्षेत्रकी शिक्षा तथा अध्ययन प्रमुख एस्थर थङले विशेष भिडियो सन्देशमार्फत स्नातकहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।
समारोहमा सिड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले स्नातकहरूलाई बधाई दिदैँ उनीहरूको समर्पण र कठिन परिश्रमप्रति गर्व व्यक्त गरे। उनले भने, 'आज तपाईंहरूले केवल आफ्नो शैक्षिक यात्रा सम्पन्न गर्नुभएको छैन, तपाईंहरूले ज्ञान र इमानदारीका माध्यमबाट नयाँ यात्राको थालनी गर्नुभएको छ।'
छ वर्षअघि स्थापना भएको सिड फाइनान्सियल एकेडेमीले गुणस्तरीय शिक्षा, विद्यार्थी केन्द्रित सिकाई, र व्यवहारिक तयारीमा निरन्तर समर्पित रही नेपालको लेखा तथा वित्त क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
समारोहमा स्नातक विद्यार्थीहरू, परिवारजनहरू, शिक्षकहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।