काठमाडौं। सरकारले आउँदो बजेटमा प्राङगारिक मललाई पनि समावेश गर्ने भएको छ। कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पहिलो पटक १ देखि ३ अर्ब रुपैयाँ प्राङगारिक मलका लागि विनियोजन गर्ने भएको हो।
पछिल्लो समय रासायनिक मलको प्रयोगले माटो गुणस्तर खस्किँदै गएकाले प्राङगारिक मललाई प्रथामिकता दिने गरी कृषिको बजेट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। आगामी बजेटको कृषि मन्त्रालयको ५० अर्ब ७५ करोड रुपैयाँ सिलिङ छ।
यसमध्ये २७ अर्ब रकम रासायनिक मलका लागि छुट्याइने मन्त्रालय स्रोतले जनाएको छ। तर यो वर्ष रासायनिक मलको रकम घटाएर प्राङगारिक मलमा राखिएको हो। सरकारले रासायनिक मलमा कृषि क्षेत्रको आधा रकम विनियोजन गर्दै आएको छ।
चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्टाएको छ। यसबाट रासायनिक मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको छ। आगमी बजेटको कृषि मन्त्रालयको ५० अर्ब ७५ करोड सिलिङ छ।
पछिल्लो समय रासायनिक मलको प्रयोगले माटो गुणस्तर खस्किँदै गएकाले प्राङगारिक मललाई प्रथामिकता दिने गरी कृषिको बजेट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।
यसमध्ये २७ अर्ब रकम रासायनिक मलका लागि छुट्याइने मन्त्रालय स्रोतले जनाएको छ। ‘वार्षिक रूपमा नेपालका लागि ६ लाख टन रासायनिक मल आपूर्ति गर्नुपर्छ,’ स्रोतले भन्यो, ‘तर आगामी वर्षका लागि छुट्याइने बजेट अनुसार हालको रासायनिक मलको मूल्यमा साढे ४ लाख टन रासायनिक मल मात्रै खरिद गर्न सकिन्छ।’ कृषि क्षेत्रको बजेट घट्दो क्रममा छ ।
नेपालको उर्वरभूमिमा माटोको विभिन्न तत्वको सन्तुलन नमिलेर गुणस्तर खस्किएको नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रोशन बाबु ओझाले बताए। ‘नेपालको माटोमा पोटासियमको मात्रा कम छ,’ ओझाले भने, ‘माटोमा एक दशमलव पाँचदेखि एक दशमलव आठ गुणाले पोटासियमको कमी छ।’
बाली उत्पादनमा डीएपी मल बढी प्रयोग गर्नाले फस्फोरसको मात्रा बढी पाइएको उनले बताए। उनका अनुसार माटोमा बोरोन, मोलिब्डेनम र जिंकको मात्रा पनि कम पाइएको छ।
नेपालमा भौतिक संरचना अनुसार माटोको स्तर फरक–फरक छ। नेपालमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ। माटोको डल्ला फुटाउन प्रयोग गरिने रोटाभेटरको प्रयोगले माटोको संरचना ब्रिग्रिदै गएको ओझाले बताए।
कृषि अवशेष जलाउँदा माटोमा भएको सूक्ष्म जीवाणु नष्ट भएको छ भने विषादी प्रयोग गर्दा माटो कडापन हुँदै गएको छ।
‘रोटाभेटरले माटोको संरचना पूर्णरुपमा बिगार्छ,’ उनले भने, ‘माटोमा कडापन विकसित हुँदै जान्छ, कलान्तरमा गएर माटो सारो भई खनजोत गर्न सकिँदैन।’
यसका साथै कृषि अवशेष जलाउँदा माटोमा भएको सूक्ष्म जीवाणु नष्ट भएको छ भने विषादी प्रयोग गर्दा माटो कडापन हुँदै गएको छ। नार्कका अनुसार, खेतीयोग्य माटोमा प्राङगारिक पदार्थ तथा कार्बन २ प्रतिशत हुन आवश्यक हुन्छ। तर, तराई क्षेत्रका खेतीयोग्य भूमिको करिब ९० प्रतिशत हिस्सामा यसको मात्रा २ प्रतिशतभन्दा कम छ। यसले गर्दा माटोमा कडापनको समस्या बढ्दै गएको छ।
यस्तो समस्यालाई समाधान गर्न सरकारले रासायनिक मललाई कम गर्दै प्राङगारिक मललाई प्रथामिकता दिनुपर्ने देखिएको छ। माटो अवास्था पहिचान गरी रासायनिक मल र प्राङगारिक मलको अनुपात मिलाएर दिनुपर्ने डा. ओझ सुझाउँछन्।
‘आयातित प्राङगारिक मलभन्दा स्थानीय उत्पादित मलाई प्रथाकिता दिनुपर्छ,’ उनी भन्छन्, ‘रायासनिक मल वितरण प्रणाली जस्तै प्राङगारिक मलको वितरण प्रणाली हुनुपर्छ।’
प्राङगारिकको मल गुणस्तर परीक्षण गरेर मात्रै वितरण गरिनुपर्ने उनी सुझाउँछन्। रासायनिक मलको नियमित प्रयोगलाई घटाउँदै लगि प्राङगारिक मलको प्रयोग बढाउने योजना रहेको कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले बताए। उनले माटो गुणस्तर कायम गरी गर्नका लागि प्राङगारिक मललाई नीतिगत रुपमै प्रोत्साहन गर्न खोजिएको तर्क राखे।
‘रासायनिक मलको तुलनामा प्राङगारिक मल वातावरणमैत्री हुने भएकाले यो निर्णय सकारात्मक छ,’ उनले भने।
प्राङगारिक मललाई सरकारले प्राथमिकता दिन थालेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार (वैशाख १८ गते) सार्वजनिक गरेका आर्थिक वर्ष २०८२/८३ को सिद्धान्त र प्राथमिकता विधेयकमा प्राङगारिक मलको उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख छ।
माटोमा रासायनिक मल प्रयोगमा सन्तुलन नमिल्नु, पोटासियम, बोरोन, मोलिब्डेनम, जिंकको कमी, भू–क्षय हुनु, प्लास्टिकजन्य वस्तुको मिसावट लगायतका कारणले माटोको गुणस्तर खस्किएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ।
बोटबिरुवा हुर्कन र त्यसबाट राम्रो उत्पादन हुन माटोमा १६ वटा पोषक तत्व आवश्यक पर्दछ। बिरुवालाई प्राकृतिक रुपमा ३ वटा पोषक तत्व कार्बन, हाइड्रोजन र अक्सिजन प्राप्त हुन्छ। प्राङगारिक, जैविक र रासायनिक मलबाट बाँकी १३ वटा पोषक तत्त्व बालीले लिन्छ। जसमध्ये बालीका लागि मुख्य पोषक तत्व नाइट्रोजन, फोस्फोरस र पोटास हुन्।
क्याल्सियम, म्यानेसियम र सल्फर सहायक पोषक तत्त्व हुन् भने बालीका लागि आवश्यक पर्ने आइरन, म्याग्निज, कपर, जिंक, बोरोन, क्लोरिन र मोलिब्डेनम सूक्ष्म पोषकतत्व हुन्। यी तत्वहरू रासायनिक मलबाट बाली र बिरुवालाई उपलब्ध हुन्छ।