भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
असार नलाग्दै धान रोपाइँको चटारो बढेको छ। सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन्। र, आकासे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि पानी पर्दा रोपाइँ गरिरहेका छन्।
बाल श्रमविरुद्धको दिवस आइतबार नेपालमा पनि मनाइयो। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।
देशको संघीय राजधानी हो काठमाडौं। देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडि नै हुनुपर्ने हो।
आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।