बिग्रँदो अर्थतन्त्र सुधारको लागि अर्थतन्त्रमा दख्खल भएको र वैदेशिक स्रोतमा निर्भर अर्थव्यवस्था भएकाले राम्रो परराष्ट्र सम्बन्ध भएको पात्रको खोजी अर्थमा हुनु स्वाभाविक हो।
चैत ११ गते लुम्बिनी प्रदेश पसेका ओलीले एकपछि अर्को जिल्ला गर्दै प्रदेशमा पाँच दिन बिताए। रुपन्देही हुँदै कपिलवस्तु प्रवेश गरेका पूर्वप्रधानमन्त्री ओली विभिन्न जिल्लाका एक दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी भए।
प्रधानमन्त्री प्रचण्डले वाचाकबुल गरेको मन्त्रिपरिषद् विस्तारको मिति १० चैत गुज्रिएको पनि आज पाँच दिन बितिसकेको छ। तर बालुवाटारमा बसेका मन्त्रालय भागबन्डाका बैठकले अहिलेसम्म निष्कर्ष निकाल्न सकेका छैनन्।