हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गत मंसिरमा सम्पन्न निर्वाचनमा गठबन्धन गरेका दलहरुबीचको समीकरण ब्युँतिएपछि यसको प्रभाव संघीय सरकारमा परिसकेको छ। अब यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने देखिएको छ।
कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्।